२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुने ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ सोमबार (भदौ २) देखि काठमाडौंमा सुरु हुँदैछ।

सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा हुने बैठक इसिमोड (अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) को प्राविधिक सहयोगमा आयोजना गरिएको हो। नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका सांसदहरूको सहभागिता रहनेछ भने अफगानिस्तानलाई नेपालले मान्यता नदिएकाले आमन्त्रणा गरिएको छैन।

बैठकको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनेछन्। सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सो लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

करिब ३० जना सांसद, विभिन्न मुलुकका प्रतिनिधि तथा जलवायु परिवर्तन, वायु प्रदूषण र वातावरणसँग सम्बन्धित विज्ञहरूको सहभागिता रहने बैठकमा हिन्दुकुश क्षेत्रमा जलवायु परिवर्तन, जैविक विविधताको क्षति र प्रदूषणका असरबारे गहन छलफल हुनेछ।

समितिका सभापति कुशुमदेवी थापाका अनुसार बैठकबाट जलवायु अनुकूलन, कार्बन उत्सर्जन न्यूनीकरण, दिगो विकास र क्षेत्रीय रणनीति निर्माणमा ठोस सुझाव आउने अपेक्षा गरिएको छ। उनले यसलाई भावी नीतिनिर्माणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिन्।

विशेषज्ञहरूले हिन्दुकुश क्षेत्रमा बढ्दो तापक्रमका कारण हिम भण्डार पग्लन सक्ने खतरा, वर्षा प्रणालीमा देखिएको परिवर्तन र त्यसबाट उत्पन्न विपद्को जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। बैठकले साझा दृष्टिकोणमार्फत राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा पर्वतीय मुद्दालाई प्रभावकारी ढंगले उठाउने लक्ष्य लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय