२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्।

निर्वाचन आयोगका अनुसार दर्ताका लागि आएका २७ दलमध्ये कानुनी प्रक्रिया पूरा गरेका २६ दललाई सोमबार दर्ता गरिएको हो। आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता प्रक्रिया सम्पन्न गरिएको हो।

सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता भएको आयोगले जनाएको छ। त्यस्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दल पनि दर्ता भएका छन्।

यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपाली जनता दल, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल जनमुक्ति पार्टी समेतले दर्ता प्रक्रिया पूरा गरेका छन्।

आयोगले उपनिर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ। त्यसअनुसार असोज २१ गते उम्मेदवार मनोनयन दर्ता हुनेछ भने मतदान कात्तिक १७ गते तोकिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय