२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय |

आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्।

निर्वाचन आयोगका अनुसार दर्ताका लागि आएका २७ दलमध्ये कानुनी प्रक्रिया पूरा गरेका २६ दललाई सोमबार दर्ता गरिएको हो। आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता प्रक्रिया सम्पन्न गरिएको हो।

सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता भएको आयोगले जनाएको छ। त्यस्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दल पनि दर्ता भएका छन्।

यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपाली जनता दल, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल जनमुक्ति पार्टी समेतले दर्ता प्रक्रिया पूरा गरेका छन्।

आयोगले उपनिर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ। त्यसअनुसार असोज २१ गते उम्मेदवार मनोनयन दर्ता हुनेछ भने मतदान कात्तिक १७ गते तोकिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय