२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गर्दै पार्‍यो टी–२० सिरिज आफ्नो पक्षमा | जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा |

डेंगु रोग नियन्त्रण गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आज (शुक्रबार) ‘वाक एण्ड एक्ट’ कार्यक्रम सञ्चालन गर्दैछ।

महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार अभियानअन्तर्गत लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, सरसफाइ गर्ने, र लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे जनचेतना जगाउने कार्य हुनेछ। यस क्रममा माइकिङमार्फत जानकारी प्रवाह गर्ने योजनासमेत रहेको विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए।

उनका अनुसार महानगरपालिकाका सबै ३२ वडामा एकैपटक यो अभियान सञ्चालन हुँदैछ। यसलाई डेंगु नियन्त्रणका लागि ‘मेगा अभियान’का रूपमा लिइएको छ।

यसअघि पनि काठमाडौँ महानगरले हरेक शुक्रबार यस्तै कार्यक्रम गर्दै आएको थियो। तर, यसपटक एकै दिन सबै वडामा एकसाथ सञ्चालन गरिनु विशेष मानिएको छ।

स्वास्थ्य विभागले वर्षायाममा डेंगुको जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दालाई सक्रिय रूपमा सरसफाइमा सहभागी हुन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय