२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

डेंगु रोग नियन्त्रण गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आज (शुक्रबार) ‘वाक एण्ड एक्ट’ कार्यक्रम सञ्चालन गर्दैछ।

महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार अभियानअन्तर्गत लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, सरसफाइ गर्ने, र लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे जनचेतना जगाउने कार्य हुनेछ। यस क्रममा माइकिङमार्फत जानकारी प्रवाह गर्ने योजनासमेत रहेको विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए।

उनका अनुसार महानगरपालिकाका सबै ३२ वडामा एकैपटक यो अभियान सञ्चालन हुँदैछ। यसलाई डेंगु नियन्त्रणका लागि ‘मेगा अभियान’का रूपमा लिइएको छ।

यसअघि पनि काठमाडौँ महानगरले हरेक शुक्रबार यस्तै कार्यक्रम गर्दै आएको थियो। तर, यसपटक एकै दिन सबै वडामा एकसाथ सञ्चालन गरिनु विशेष मानिएको छ।

स्वास्थ्य विभागले वर्षायाममा डेंगुको जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दालाई सक्रिय रूपमा सरसफाइमा सहभागी हुन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय