२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

गुल्मीको इस्मा गाउँपालिकामा फोन नलाग्ने समस्या बढ्दै गएपछि स्थानीयवासी हैरान भएका छन्। नेपाल टेलिकमको सेवा सहज नहुँदा गाउँपालिका–१ र २ का बस्तीहरू सञ्चार सेवाबाट वञ्चित बनेका हुन्।

गाउँपालिका–१ का गुरुवा, राहले, झरना, छिनुवा, हुलाकेललगायतका तल्लो भेगका बस्तीमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ भने वडा नम्बर–२ का छल्दि टारी, पालुखा, सिल्तुङ, स्याला, रातचौर र रातडाँडालगायत क्षेत्रमा पनि फोन सम्पर्क गर्न मुस्किल परेको स्थानीयहरूले बताएका छन्।

रेसुङ्गा नगरपालिका–४, पनाहघाट क्षेत्रका बासिन्दाहरूले पनि लामो समयदेखि मोबाइल नेटवर्क कमजोर हुँदै गएको गुनासो गरेका छन्। नेटवर्क कमजोर हुँदा फोन सम्पर्क, इन्टरनेट प्रयोग र एसएमएस सेवासमेत प्रभावित भएको छ ।

नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुँदा वडा कार्यालयमै फोन नलाग्ने समस्या देखिएको छ, जसका कारण सेवाग्राहीहरूले काममा ढिलाइ र असुविधा खेप्नुपरेको छ।

यसैबीच, नेपाल टेलीकम दूरसञ्चार कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर सुवेदीले विद्युत् आपूर्ति नियमित नहुँदा समस्या बढेको बताए। उनका अनुसार, टेलिकमका टावरमा विद्युत् सेवा अवरुद्ध हुँदा ब्याकअप प्रणालीले लामो समयसम्म थेग्न नसक्ने भएकाले नेटवर्क समस्या उत्पन्न भएको हो।

सुवेदीले समस्या समाधानका लागि सिर्सेनी, धुर्कोटलगायत क्षेत्रमा नयाँ टावर राख्ने काम अगाडि बढाइएको समेत जानकारी दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय