२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

गुल्मीको इस्मा गाउँपालिकामा फोन नलाग्ने समस्या बढ्दै गएपछि स्थानीयवासी हैरान भएका छन्। नेपाल टेलिकमको सेवा सहज नहुँदा गाउँपालिका–१ र २ का बस्तीहरू सञ्चार सेवाबाट वञ्चित बनेका हुन्।

गाउँपालिका–१ का गुरुवा, राहले, झरना, छिनुवा, हुलाकेललगायतका तल्लो भेगका बस्तीमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ भने वडा नम्बर–२ का छल्दि टारी, पालुखा, सिल्तुङ, स्याला, रातचौर र रातडाँडालगायत क्षेत्रमा पनि फोन सम्पर्क गर्न मुस्किल परेको स्थानीयहरूले बताएका छन्।

रेसुङ्गा नगरपालिका–४, पनाहघाट क्षेत्रका बासिन्दाहरूले पनि लामो समयदेखि मोबाइल नेटवर्क कमजोर हुँदै गएको गुनासो गरेका छन्। नेटवर्क कमजोर हुँदा फोन सम्पर्क, इन्टरनेट प्रयोग र एसएमएस सेवासमेत प्रभावित भएको छ ।

नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुँदा वडा कार्यालयमै फोन नलाग्ने समस्या देखिएको छ, जसका कारण सेवाग्राहीहरूले काममा ढिलाइ र असुविधा खेप्नुपरेको छ।

यसैबीच, नेपाल टेलीकम दूरसञ्चार कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर सुवेदीले विद्युत् आपूर्ति नियमित नहुँदा समस्या बढेको बताए। उनका अनुसार, टेलिकमका टावरमा विद्युत् सेवा अवरुद्ध हुँदा ब्याकअप प्रणालीले लामो समयसम्म थेग्न नसक्ने भएकाले नेटवर्क समस्या उत्पन्न भएको हो।

सुवेदीले समस्या समाधानका लागि सिर्सेनी, धुर्कोटलगायत क्षेत्रमा नयाँ टावर राख्ने काम अगाडि बढाइएको समेत जानकारी दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय