२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार अर्थतन्त्रका धेरै सूचक सकारात्मक बन्दै गएका छन्।

राष्ट्र बैंकका अनुसार गत आवमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुगेको अनुमान छ। अघिल्लो वर्ष यो दर ३.६७ प्रतिशत मात्र थियो। त्यस्तै, वार्षिक औसत मुद्रास्फीति गत आवमा ४.०६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आवमा ५.४४ प्रतिशत रहेको थियो।

शोधनान्तर स्थिति पनि मजबुत बनेको छ। गत आवमा शोधनान्तर स्थिति रु ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रह्यो। अघिल्लो आवमा यो ५ खर्ब २ अर्ब ४९ करोड मात्र थियो।

व्यापार पक्षमा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले बढेको छ। अघिल्लो आवमा भने दुवै घटेका थिए। विप्रेषण आप्रवाह पनि उच्च स्तरमा पुगेको छ। गत आवमा कुल रु १७ खर्ब २३ अर्ब २७ करोड बराबरको विप्रेषण भित्रिएको छ, जसले नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशतको वृद्धि देखाउँछ। असार महिनामात्रै रु १ खर्ब ८९ अर्ब ११ करोडको विप्रेषण भित्रिएको छ।

त्यस्तै, विदेशी मुद्रा सञ्चिति ३१.२ प्रतिशतले बढेर २०८२ असार मसान्तसम्म रु २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ, जुन अमेरिकी डलरमा १९ अर्ब ५० करोड बराबर हो। यो सञ्चितिले १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन १२.६ प्रतिशतले बढेर रु ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा कर्जा प्रवाह ८.४ प्रतिशतले बढेर रु ५४ खर्ब ९८ अर्ब पुगेको छ। विस्तृत मुद्राप्रदाय भने अघिल्लो आवको १२.९ प्रतिशतको तुलनामा घटेर १२.५ प्रतिशतले मात्र बढेको छ।

अर्थतन्त्रका बाह्य सूचकहरू सुधार हुँदै जाँदा विप्रेषण, विदेशी मुद्रा सञ्चिति र निर्यात हालसम्मकै उच्च अवस्थामा पुगेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय