२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

सर्वोच्च अदालतले महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर क्षेत्रमा नागा बाबाहरूको नग्न उपस्थितिलाई रोक्न माग गर्दै दायर भएको रिट खारेज गरेको छ। अदालतले यो परम्परालाई “अश्लील होइन, धार्मिक अभ्यास” को रूपमा व्याख्या गरेको हो।

न्यायाधीश डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले सुनाएको फैसलामा भनिएको छ – “नग्नता आफैंमा अश्लील होइन, यसलाई हेर्ने दृष्टिकोण र उद्देश्यमा भर पर्छ।” अदालतले नागा साधुहरूको नग्नता भगवान् शिवप्रतिको भक्ति, साधना र सनातन परम्पराको हिस्सा भएको प्रष्ट्याएको छ।

अधिवक्ता यज्ञमणि न्यौपानेले सार्वजनिक नग्नता महिला तथा बालबालिकामाथि मानसिक असर पार्ने भन्दै रिट दायर गरेका थिए। तर अदालतले यो अभ्यास यौन उत्तेजना जगाउने उद्देश्यले नभई धार्मिक परम्पराअनुसार भएको निष्कर्ष निकाल्दै हस्तक्षेप गर्न नमिल्ने ठहर गरेको हो।

फैसलामा भनिएको छ, नेपालको संविधानले प्रत्येक नागरिकलाई धर्मपालन र अभ्यास गर्ने स्वतन्त्रता दिएको छ र नागा बाबाको परम्परागत नग्नता पनि त्यही अधिकारभित्र पर्छ। अदालतले पशुपति क्षेत्र विकास कोषलाई व्यवस्थापनका लागि जिम्मेवार रहने तर कुनै साधुले कानून विपरीत काम गरे कारबाही गर्न सकिने खुला व्यवस्था भने राखेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय