२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सङ्घीय संसद्का तीन वटा समितिको बैठक आज बस्दैछन्। राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अलग–अलग बैठक बस्ने तय भएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन प्रक्रियासम्बन्धी एजेन्डा रहेको छ। तर, यसअघि नै सांसद ईश्वरी न्यौपाने निर्विरोध सभापति भइसकेकाले आजको बैठकले औपचारिकता मात्र दिने अपेक्षा गरिएको छ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ। लामो समयदेखि बहसमा रहेको उक्त विधेयकलाई अगाडि बढाउने उद्देश्य समितिले लिएको छ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन (२०८१÷८२) सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ। प्रतिवेदनमार्फत समिति गतिविधि, उपलब्धि र भावी कार्ययोजना प्रस्तुत गर्ने तयारी गरिएको छ।

तीनै समितिको आजको बैठकलाई संसदभित्र नीति निर्माण, कानुन व्यवस्थापन र सुशासनसम्बन्धी छलफललाई सक्रिय बनाउने अवसरको रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय