
सङ्घीय संसद्का तीन वटा समितिको बैठक आज बस्दैछन्। राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अलग–अलग बैठक बस्ने तय भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन प्रक्रियासम्बन्धी एजेन्डा रहेको छ। तर, यसअघि नै सांसद ईश्वरी न्यौपाने निर्विरोध सभापति भइसकेकाले आजको बैठकले औपचारिकता मात्र दिने अपेक्षा गरिएको छ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ। लामो समयदेखि बहसमा रहेको उक्त विधेयकलाई अगाडि बढाउने उद्देश्य समितिले लिएको छ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन (२०८१÷८२) सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ। प्रतिवेदनमार्फत समिति गतिविधि, उपलब्धि र भावी कार्ययोजना प्रस्तुत गर्ने तयारी गरिएको छ।
तीनै समितिको आजको बैठकलाई संसदभित्र नीति निर्माण, कानुन व्यवस्थापन र सुशासनसम्बन्धी छलफललाई सक्रिय बनाउने अवसरको रूपमा हेरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।