
बैतडी सदरमुकाम नजिकै बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बुधबार दिउँसो करिब २:१५ बजे गोठालापानीबाट पाटन नगरपालिका–८, खोड्पेतर्फ जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पुर्याइएको छ। घाइतेहरुको नामावली संकलन भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलदेव बडुले जानकारी दिनुभयो।
जिप चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फोटो: गोरखापत्र
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।