२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश राख्ने अभ्यास तोडेका छन्। उनले संविधानले दिएको अधिकार प्रयोग गर्दै बुधबार नयाँ ढंगले संवैधानिक इजलास गठन गरेका हुन्।

नवगठित इजलासमा प्रधानन्यायाधीश राउतसहित सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा रहेका छन्। यसअघि वरिष्ठताक्रमअनुसार इजलासमा मल्लसँगै कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्मा रहने परम्परा थियो। तर, यसपटक बरियतामा छैटौं नम्बरका डा. सुवेदी, सातौं नम्बरका श्रेष्ठ र आठौं नम्बरका शर्मा सहभागी गराइएका छन्।

संविधानको धारा १३७(१) ले प्रधानन्यायाधीशलाई संवैधानिक इजलास गठन गर्ने अधिकार दिएको छ। सोही अधिकार प्रयोग गर्दै आफूले न्याय परिषद् र न्यायाधीश सरुवासम्बन्धी कार्यव्यस्तताका कारण नयाँ ढंगले इजलास गठन गरेको राउतले बताएका छन्।

“संवैधानिक इजलास गठनमा कुनै विवाद छैन। म रोष्टरमा रहेका न्यायाधीश छानेर इजलास गठन गरेको हुँ,” उनले सञ्चारकर्मीसँग भने। उनका अनुसार इजलास बस्न ढिलाइ हुनुमा न्याय परिषद् सम्बन्धी कामको चाप पनि कारण भएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय