
जापानीज इन्सेफलाइटिसको सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका अनुसार हालसम्म १०३ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको छ भने २० जनाको मृत्यु भइसकेको छ।
शाखाप्रमुख डा. अभियान गौतमले बताएअनुसार, खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढी देखिएको छ। मृत्यु भएका मध्ये ७० प्रतिशतभन्दा बढी १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामी हुन्।
जापानीज इन्सेफलाइटिसका कारण मृत्यु झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासी पूर्व, चितवन र नवलपरासी पश्चिममा भएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट JE सर्ने गर्छ। यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण गराउँछ र समयमै उपचार नभए मृत्यु पनि हुन सक्छ।
महाशाखाले सबै नागरिकलाई खोप र स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।