२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

जापानीज इन्सेफलाइटिसको सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका अनुसार हालसम्म १०३ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको छ भने २० जनाको मृत्यु भइसकेको छ।

शाखाप्रमुख डा. अभियान गौतमले बताएअनुसार, खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढी देखिएको छ। मृत्यु भएका मध्ये ७० प्रतिशतभन्दा बढी १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामी हुन्।

जापानीज इन्सेफलाइटिसका कारण मृत्यु झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासी पूर्व, चितवन र नवलपरासी पश्चिममा भएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट JE सर्ने गर्छ। यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण गराउँछ र समयमै उपचार नभए मृत्यु पनि हुन सक्छ।

महाशाखाले सबै नागरिकलाई खोप र स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय