२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

देशका विभिन्न क्षेत्रमा बर्सैपिच्छे हैजा (कोलेरा) महामारीको रूपमा देखापर्ने गरेको छ। स्वास्थ्य विज्ञहरूका अनुसार यसको प्रमुख कारण प्रदूषित खानेपानी र सरसफाइको कमी हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार ढल मिसिएको पानी, फुटेको पाइपलाइन, इनारमा भएको दूषित पानी र नपखाली खाएका तरकारी तथा सागसब्जी हैजा फैलनका मुख्य कारण हुन्। उनले भने, “कम्तीमा पानी उमालेर पिएमा हैजाको जीवाणु मर्छ र महामारी फैलन पाउँदैन।”

गत वर्ष ललितपुरको पुनःस्थापना केन्द्र र काठमाडौंमा हैजाले महामारीको रूप लिएको थियो भने अहिले वीरगन्जमा समेत हैजा देखिएको छ।  बर्खामा दूषित पानीकै कारण पर्सा र आसपासका जिल्लामा संक्रमण फैलिएको हो।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा नियन्त्रणका लागि विशेष योजना सार्वजनिक गरेको छ। बिहीबार सचिव डा. विकास देवकोटाको अध्यक्षतामा बसेको बैठकले महामारी नियन्त्रण तालिम लिएका करिब दुई सय स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको हो। बैठकले पुराना पाइपलाइन मर्मत गर्ने, दूषित पानी नष्ट गर्ने र नगरपालिकासँग समन्वय गरी पीयूषको प्रयोग गर्ने निर्णय गरेको सचिव देवकोटाले जानकारी दिनुभयो।

उनका अनुसार सङ्घ, प्रदेश, स्थानीय तह र विश्व स्वास्थ्य सङ्गठनको पाँच सदस्यीय समूह बनाएर महामारी नियन्त्रणमा खटाइने तयारी छ। आवश्यक औषधि, क्लोरिन, पीयूष र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध रहेको भन्दै सरकारले हैजा नियन्त्रणमा कुनै कमी हुन नदिने आश्वासन दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय