२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रतिनिधि सभाले भदौ महिनाभर तीन वटा महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी गरेको छ। सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपछि यस्तो योजना सार्वजनिक भएको हो।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रतिनिधि सभाले भूमिसम्बन्धी विधेयक, नागरिकता विधेयक र शिक्षा विधेयक यसै महिनामा पारित गर्ने कार्यतालिका तय गरेको छ।

बर्तौलाले भने, “१३ गतेको बैठकमा भूमिसम्बन्धी विधेयक कार्यसूचीमा राखेर पारित गरी राष्ट्रिय सभामा पठाइनेछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने तालिका छ।”

उनका अनुसार १८ गते नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी ऐनमाथि छलफल गरी पारित गर्ने तयारी छ।

शिक्षा विधेयक भने विशेष रूपमा २६ गते पारित गर्नेगरी कार्यतालिका मिलाइएको छ। “यो महिनाभर संघीयता कार्यान्वयनसँग जोडिएका महत्त्वपूर्ण विधेयक पारित हुँदैछन्, शिक्षा विधेयक त्यसकै हिस्सा हो,” बर्तौलाले बताए।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामा सहभागी थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय