२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

गत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ भने २२ जना अझै बेपत्ता छन् । सात सय ७४ जना घाइते भएका छन् र पाँच हजार ९६३ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । कुल एक हजार १९७ आगलागीमध्ये १५ जनाको निधन भएको छ भने एक सय ६५ जना घाइते भएका छन् ।

त्यसैगरी, बाढीका २४३ घटनामा २७ जनाले ज्यान गुमाएका छन्, २२ जना बेपत्ता छन् भने एक हजार ७७८ परिवार प्रभावित भएका छन् । पहिरोका ३६८ घटनामा १८ जनाको मृत्यु, २८ जना घाइते र ४८१ परिवार प्रभावित भएका छन् ।

भारी वर्षाका २६६ घटनामा छ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । चट्याङका २५८ घटनामा ३१ जनाको मृत्यु, १९३ घाइते र ३१७ परिवार प्रभावित भएका छन् ।

सर्पदंशका २६८ घटनाले ७२ जनाको ज्यान लिएको छ भने २०२ जना घाइते भएका छन् । वन डढेलोका १५८ घटनामा दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । हुरीबतासका २८० घटनामा आठ जनाको निधन भएको छ भने ४१ जना घाइते भएका छन् ।

त्यस्तै, जनावर आक्रमणका कारण १५ जनाको मृत्यु भएको छ । लेक लाग्ने घटनामा ४९, भूकम्पमा पाँच, डुङ्गा पल्टेर दुई र असिना तथा महामारीका एक–एक घटनामा मानिस प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आगामी दिनमा यस्ता घटनाबाट जोगिन आवश्यक सतर्कता र सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय