२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

गत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ भने २२ जना अझै बेपत्ता छन् । सात सय ७४ जना घाइते भएका छन् र पाँच हजार ९६३ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । कुल एक हजार १९७ आगलागीमध्ये १५ जनाको निधन भएको छ भने एक सय ६५ जना घाइते भएका छन् ।

त्यसैगरी, बाढीका २४३ घटनामा २७ जनाले ज्यान गुमाएका छन्, २२ जना बेपत्ता छन् भने एक हजार ७७८ परिवार प्रभावित भएका छन् । पहिरोका ३६८ घटनामा १८ जनाको मृत्यु, २८ जना घाइते र ४८१ परिवार प्रभावित भएका छन् ।

भारी वर्षाका २६६ घटनामा छ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । चट्याङका २५८ घटनामा ३१ जनाको मृत्यु, १९३ घाइते र ३१७ परिवार प्रभावित भएका छन् ।

सर्पदंशका २६८ घटनाले ७२ जनाको ज्यान लिएको छ भने २०२ जना घाइते भएका छन् । वन डढेलोका १५८ घटनामा दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । हुरीबतासका २८० घटनामा आठ जनाको निधन भएको छ भने ४१ जना घाइते भएका छन् ।

त्यस्तै, जनावर आक्रमणका कारण १५ जनाको मृत्यु भएको छ । लेक लाग्ने घटनामा ४९, भूकम्पमा पाँच, डुङ्गा पल्टेर दुई र असिना तथा महामारीका एक–एक घटनामा मानिस प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आगामी दिनमा यस्ता घटनाबाट जोगिन आवश्यक सतर्कता र सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय