२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा ७ हजार २ सय ४१ जनालाई निःशुल्क सीपमूलक तालिम दिएको छ । महानगरले उत्पादनलाई प्राथमिकता दिँदै महानगरस्तर, वडा कार्यालय र वैदेशिक रोजगार बोर्डसँग सहकार्यमा स्वरोजगार तथा रोजगारमुखी तालिम सञ्चालन गरेको हो ।

महानगरको रोजगारी शाखाका अनुसार तालिम प्राप्त गर्नेहरूमा २ हजार ५९१ पुरुष र ४ हजार ६५० महिला रहेका छन् । तालिमहरूमा प्लम्बिङ, केयर गिभर, मन्टेश्वरी, फेसन डिजाइनिङ, इलेक्ट्रिसियन, ग्राफिक डिजाइनिङ, ब्युटी पार्लर, कौसी खेती, पोते र बुटिक बनाउने, मादल तथा पञ्चेबाजा तालिमदेखि लिएर ड्राइभिङ, एडभान्स ब्युटी पार्लर, कुक, सेनेटरी प्याड, साबुन, बेकरी, घरेलु फोहोर व्यवस्थापनलगायतका विषय समावेश गरिएका थिए । यी तालिमहरू १५ दिनदेखि ३ महिनासम्म सञ्चालन भएका थिए ।

महानगरका प्रमुख रेनु दाहालले पूर्वाधार विकाससँगै दक्ष जनशक्तिको माग बढेकाले सीपमूलक तालिमलाई प्राथमिकता दिइएको बताइन् । उनका अनुसार उद्योग–व्यवसायमा भारतलगायत अन्य देशका दक्ष कामदार ल्याउनुपर्ने अवस्था भएकाले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नु जरुरी भएको हो ।

महानगरले सीप नभएकालाई सीपयुक्त बनाउन, सीप भएकालाई स्वरोजगार वा रोजगारीमा जोड्न तथा रोजगारीमा रहेकाको व्यावसायिक स्तर वृद्धि गरी आय बढाउने उद्देश्य राखेको जनाएको छ । साथै, आगामी आर्थिक वर्षमा अझ बढी युवालाई लक्षित गरी निःशुल्क तालिम कार्यक्रम विस्तार गर्ने तयारीसमेत गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय