२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

चीनको थियानजिनमा जारी साङ्घाई सहयोग संगठन शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथसँग भेटवार्ता गरेका छन्।

भेटवार्तामा दुवै मुलुकबीचको आपसी सम्बन्ध तथा सहयोगका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। प्रतिनिधिमण्डलसहितको यो भेटलाई दुवै मुलुकले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन अवसरका रूपमा लिएको बताइएको छ।

प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि चीनको पाँचदिने भ्रमणमा छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा थियानजिनमा पुगेका हुन्। सम्मेलनमा सहभागी मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले आज सम्बोधन गर्ने कार्यक्रम छ।

ओलीको चीन भ्रमणका क्रममा विभिन्न राष्ट्रप्रमुखहरूसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। आजै उनले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्नेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय