२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क सुरु गर्नु अपरिहार्य भएको बताउनुभएको छ। सोमबार ललितपुरमा नेपाल टेलिकमले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो धारणा राख्नुभएको हो।

मन्त्री गुरुङले नेपाल टेलिकमलाई तत्काल फाइभजी नेटवर्क विस्तारको तयारी गर्न निर्देशन दिनुभयो। साथै उहाँले जनताको पहुँचमा फोरजी नेटवर्क अझै व्यापक बनाउन पनि आग्रह गर्नुभयो। उहाँका अनुसार डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्न, डिजिटल सुशासन विस्तार गर्न र नागरिक सेवामा छिटोपन ल्याउन टेलिकमको नेटवर्क विस्तार अत्यावश्यक छ।

“साउथ एसियाका धेरै मुलुकमा फाइभजी प्रयोग भइसकेको छ। हामी ढिला भएका छौँ,” मन्त्री गुरुङले भन्नुभयो, “प्रधानमन्त्री र मबिच यसै वर्ष फाइभजी सुरु गर्ने सहमति भइसकेको छ।” उहाँले काठमाडौँ र पोखराबाट फाइभजी विस्तार प्रारम्भ गर्ने योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले नेपाल टेलिकमलाई आगामी लक्ष्य सतप्रतिशत हासिल हुने गरी काम गर्न सुझाव दिनुभयो। त्यस्तै सह–सचिव कोशहरि निरौलाले कार्यसम्पादनमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सातै प्रदेशका निर्देशकहरूले आफ्ना भावी योजनाबारे प्रतिबद्धता जनाएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय