२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली |

राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्ने कार्यसूची छ। सोमबार पनि उक्त प्रतिवेदन पेस गर्ने तय भए पनि समितिमा छलफल नसकिएको कारणले प्रस्तुत हुन सकेको थिएन।

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२’ माथि विचार गर्न प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

समितिहरूको बैठक पनि आजै

आजै दुई संसदीय समितिको बैठक बस्नेछ। राज्यव्यवस्था तथा सुशासन समितिले हालसम्मको काम कारबाहीको समीक्षा गर्नेछ भने विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय