२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै रु. २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ। यस अवधिमा डिजेल, पेट्रोल, एलपी ग्यास, एटिएफ (विमान इन्धन) र मट्टितेल भित्रिएको भन्सार कार्यालयले जनाएको छ।

गत वर्षको सोही अवधिमा भन्दा यस वर्ष पेट्रोलियम पदार्थ आयातको परिमाण र मूल्य दुवै बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवमा मात्रै रु. १ अर्ब ७६ करोड बढीको आयात भएको छ।

राजस्व संकलनमा पनि वृद्धि भएको छ। यस वर्षको दुई महिनामा मात्र पेट्रोलियम पदार्थबाट रु. ११ अर्ब १८ करोड राजस्व संकलन गरिएको छ। गत आवको सोही अवधिमा यो आँकडा रु. ९ अर्ब ८९ करोड थियो।

भन्सार कार्यालयका अनुसार डिजेल आयात सबैभन्दा बढी भएको छ। चालु आवको दुई महिनामा १ लाख ३२ हजार ८२४ किलोलिटर डिजेल भित्रिँदा रु. ११ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ र यसबाट रु. ५ अर्ब २८ करोड राजस्व संकलन भएको छ।

त्यस्तै, पेट्रोल आयात रु. ६ अर्ब ८२ करोड बराबरको ८० हजार ५६० किलोलिटर पुगेको छ। यसबाट रु. ४ अर्ब ५४ करोड राजस्व उठेको छ। एलपी ग्यासतर्फ भने ४ करोड ९५ लाख किलोभन्दा बढी आयात हुँदा रु. ५ अर्ब १२ करोड बराबरको कारोबार र रु. ९६ करोड राजस्व संकलन भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय