२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नवलपुरको कावासोतीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती–८ ज्ञानोदय चोक नजिकै ४५ वर्षीय सूर्यप्रसाद पाण्डेले श्रीमती ४० वर्षीया संगीता पाण्डेमाथि चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी संगीतालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार श्रीमतीलाई प्रहार गरेपछि सूर्यप्रसाद आफैं प्रहरीमा आत्मसमर्पण गरेका छन्। घटनास्थलबाट प्रहरीले चक्कु बरामद गरेको जनाएको छ।

स्थानीयलाई उद्धृत गर्दै प्रहरीले घरायसी विवादका कारण झगडा हुँदा श्रीमतीको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ। हाल आरोपी प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय