२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

नेपाल सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये पहिचान भएका नेपाली नागरिकका परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को असोज ९ गतेको बैठकले प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले सहयोग गर्ने र काजकिरिया, खाना तथा यातायात खर्चबापत थप पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो। तर, भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीमा भने यो व्यवस्था लागू नहुने स्पष्ट गरिएको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै भने, “यो निर्णयले आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई तत्काल राहत पुर्‍याउनेछ।”

बैठकले नेपाल सरकार (कार्य विभाजन–तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। यसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अब अर्थ मन्त्रालयमा र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमा रहनेछ।

यस्तै सरकारले विश्वव्यापी आवधिक पुनरावलोकन (चौथो चक्र)को राष्ट्रिय प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा पेस गर्ने निर्णय गरेको छ। साथै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री र अर्थसचिवलाई भ्रमण स्वीकृत गरिएको छ।

बैठकले नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भइ कामकाज गर्ने जिम्मेवारी जनकराज शर्मालाई दिने निर्णय गरेको छ। साथै महानगरपालिका तथा उपमहानगरपालिकाभित्र ३ करोड रुपैयाँभन्दा बढीको घर–जग्गा कारोबार गर्दा अनिवार्य इजाजतपत्र लिनुपर्ने व्यवस्थाबारे सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरिएको छ।

सैनिक तर्फ नौ जना महासेनानीलाई सहायक रथीमा बढुवा, तीन सहायक रथीको सरुवा तथा दुई प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय भएको छ।

अन्य निर्णयहरूमा अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने अधिकार सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई दिने, सुरक्षण मुद्रणसम्बन्धी नियमावली, २०८२ स्वीकृत गर्ने, विभिन्न सेवाका सहसचिवलाई सचिव पदमा बढुवा गर्ने तथा केही सहसचिवको राजीनामा स्वीकृत गर्ने रहेका छन्।

सञ्चारमन्त्री खरेलका अनुसार, मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, विधेयक समिति र सामाजिक समिति गठन गर्ने निर्णय पनि गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय