२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

ओपनएआईले नयाँ सुविधा च्याटजीपीटी पल्स सुरु गरेको छ, जसले प्रयोगकर्तालाई हरेक दिन उनीहरूको अघिल्लो कुराकानीमा आधारित व्यक्तिगत समाचार, अनुसन्धान र अन्य अपडेट पठाउनेछ। यो सुविधाले च्याटजीपीटीलाई प्रयोगकर्ताको दैनिक जीवनमा अझ सक्रिय र उपयोगी बनाउने छ।

च्याटजीपीटी पल्सले हरेक दिन ५–१० भिजुअल कार्ड प्रयोगकर्तालाई उपलब्ध गराउनेछ, जसले आफ्नो रुचिका विषयहरूमा थप जानकारी दिने र च्याटजीपीटीसँग थप संवाद सुरु गर्ने अवसर प्रदान गर्नेछ ।

यो सुविधा प्रयोगकर्ताका प्राथमिकता अनुसार पनि काम गर्छ, जस्तै  यदि तपाईलाई टीभी शोको  अपडेट चाईहेको छ , तर स्पोइल नगरी भन्दा यसले दिनेछ । यदि जिमेल र गुगल क्जयालेन्स्ताडर जस्ता  एप्स च्याटजीपीटीसँग जोडिएको  छ भने त्यसको जानकारी पनि उपयोग गर्न सकिन्छ। यसले प्रयोगकर्ताको समय खेर नफाल्दै, च्याटजीपीटीलाई उपयोगी बनाउने लक्ष्य राखेको छ।

च्याटजीपीटी पल्स सुरुमा च्याटजीपीटी प्रो सदस्यतामा मासिक २०० अमेरिकी डलर तिर्ने प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ, र यसलाई यस वर्षको अन्त्यसम्म  उपलब्ध गराउने योजना छ। विशेषज्ञहरूले यस सुविधाले च्याटजीपीटीलाई व्यक्तिगत र लक्षित समाचारको प्रमुख स्रोतको रूपमा स्थापित गर्ने सम्भावना रहेको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय