२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

ओपनएआईले नयाँ सुविधा च्याटजीपीटी पल्स सुरु गरेको छ, जसले प्रयोगकर्तालाई हरेक दिन उनीहरूको अघिल्लो कुराकानीमा आधारित व्यक्तिगत समाचार, अनुसन्धान र अन्य अपडेट पठाउनेछ। यो सुविधाले च्याटजीपीटीलाई प्रयोगकर्ताको दैनिक जीवनमा अझ सक्रिय र उपयोगी बनाउने छ।

च्याटजीपीटी पल्सले हरेक दिन ५–१० भिजुअल कार्ड प्रयोगकर्तालाई उपलब्ध गराउनेछ, जसले आफ्नो रुचिका विषयहरूमा थप जानकारी दिने र च्याटजीपीटीसँग थप संवाद सुरु गर्ने अवसर प्रदान गर्नेछ ।

यो सुविधा प्रयोगकर्ताका प्राथमिकता अनुसार पनि काम गर्छ, जस्तै  यदि तपाईलाई टीभी शोको  अपडेट चाईहेको छ , तर स्पोइल नगरी भन्दा यसले दिनेछ । यदि जिमेल र गुगल क्जयालेन्स्ताडर जस्ता  एप्स च्याटजीपीटीसँग जोडिएको  छ भने त्यसको जानकारी पनि उपयोग गर्न सकिन्छ। यसले प्रयोगकर्ताको समय खेर नफाल्दै, च्याटजीपीटीलाई उपयोगी बनाउने लक्ष्य राखेको छ।

च्याटजीपीटी पल्स सुरुमा च्याटजीपीटी प्रो सदस्यतामा मासिक २०० अमेरिकी डलर तिर्ने प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ, र यसलाई यस वर्षको अन्त्यसम्म  उपलब्ध गराउने योजना छ। विशेषज्ञहरूले यस सुविधाले च्याटजीपीटीलाई व्यक्तिगत र लक्षित समाचारको प्रमुख स्रोतको रूपमा स्थापित गर्ने सम्भावना रहेको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय