२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

विदेशमा रहेका नेपालीहरूले निर्वाचनमा सहभागी हुन पाउने वातावरण बनाउन प्रवासी नेपाली अभियन्ताहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन्।

अमेरिका निवासी अभियन्ता रमेश भट्टसहितको टोलीले शुक्रबार गृहमन्त्रीलाई भेटेर विदेशमा रहेका नेपाली नागरिकलाई सहज रूपमा मतदाता दर्ता गर्न र अमेरिकासहित विभिन्न मुलुकबाटै मतदान गर्न सक्ने प्रावधान मिलाउन आग्रह गरेका हुन्।

भेटमा अभियन्ता भट्टले हाल नेपालकै नम्बरमार्फत मात्र एकपटक प्रयोग हुने पासवर्ड (ओटिपी) प्राप्त गर्ने प्रणालीले लाखौं प्रवासी नेपालीलाई हतोत्साहित गर्ने भन्दै विदेशी नम्बर वा इमेलमार्फत पनि ओटिपी उपलब्ध गराउनुपर्ने माग राखे। साथै, अमेरिकामा रहेका नेपालीहरूले ३ वटा कन्सुलेट कार्यालय र १ वटा दूतावासमार्फत मतदान गर्न सक्ने व्यवस्था गर्न सकिने सुझाव प्रस्तुत गरिएको छ।

ज्ञापनपत्रमा प्रवासी नेपालीहरूको अभियानलाई सफल बनाउन एनआरएनए र विभिन्न सामुदायिक संस्थाले दूतावास/कन्सुलेटसँग सहकार्य गर्ने, सचेतना फैलाउने र मतदाता नामावली दर्ता अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ।

अभियन्ताहरूले गृहमन्त्रीको सकारात्मक पहललाई धन्यवाद दिँदै ‘यो एजेन्डाबाट पछि नहट्न’ आग्रह गरेका थिए। अभियन्ता भट्टले भने, “विदेशमा रहेका लाखौं नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी तथा पेशेवरहरूलाई सुरक्षित, सहज र सम्मानजनक ढंगले मतदान गर्ने अधिकार सुनिश्चित गर्नु अब ढिलो गर्न नहुने राष्ट्रिय दायित्व हो।”

ज्ञापनपत्रका मुख्य अंशहरू

  • संविधान २०७२ अनुसार प्रत्येक नेपाली नागरिकलाई मतदानको अधिकार छ, तर हाल कानुनले नेपालमै मात्र मतदान गर्न सकिने प्रावधान गरेको छ।
  • सर्वोच्च अदालतले २०७५ मै प्रवासी नेपालीलाई मतदानको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ।
  • अन्तर्राष्ट्रिय अभ्यासअनुसार दूतावास वा कन्सुलेटमार्फत मतदान सम्भव छ।
  • विदेशी सार्वभौमसत्तामा असर नपर्ने गरी दूतावास/कन्सुलेटभित्र मतदान गराउन सकिन्छ।
  • लागत व्यवस्थापनका लागि प्रवासीहरूले फन्डरेजिङ गर्न सक्ने र विकास सहयोग निकायसँग भागिदारी गर्न सकिने सुझाव प्रस्तुत गरिएको छ।

विशेषज्ञहरूले यो मागलाई व्यवहारिक र सम्भव भएको भन्दै सरकारले आवश्यक राजनीतिक इच्छाशक्ति देखाउनुपर्ने टिप्पणी गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय