२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबीको रकम २३ अर्ब ३९ करोड २७ लाख पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार अझै नयाँ बीमा दाबी आउने क्रम जारी छ।

हालसम्म सम्पत्ति बीमाका ५९४, मोटर बीमाका २,२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमाका १४४, परिवहन बीमाका ११ र अन्य बीमाका ३० गरी जम्मा २,९८८ बीमा दाबीका आवेदन दर्ता भएका छन्।

सबैभन्दा धेरै बीमा दाबी बागमती प्रदेशमा परेको छ। त्यहाँ १,६०८ आवेदन परेका छन्। कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा दाबी दर्ता भएका छन्। प्राधिकरणका अनुसार भौतिक क्षति धेरै भएकाले दाबीको सङ्ख्या अझै बढ्ने अनुमान छ।

बीमा कम्पनीतर्फ हेर्दा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा मात्र ५ अर्ब ४५ करोड ९३ लाखको दाबी दर्ता भएको छ। दि ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाखको दाबी परेको छ।

हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा यी दाबी दर्ता भएका छन्। प्राधिकरणका अधिकारीहरूका अनुसार, क्षतिको विवरण अझै संकलन भइरहेको र बीमा दाबीको कुल रकम थप बढ्न सक्ने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय