
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा सोमबार बिहान फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
बुटवलबाट गुल्मीको पुर्कोट जाँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब ३० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटकी १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी मदाने–६ की ३२ वर्षीया तारा सेन के.सीलाई ढाड र टाउकोमा चोट लागेकाले बुटवलतर्फ रिफर गरिएको छ। अन्य २० जना घाइतेहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख दिवस जिसीले जानकारी दिए।
गाडीमा चालकसहित २६ जना सवार थिए। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र गाडीमा ८ जना बालबालिका रहेको प्रहरीले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।