२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल | नागरिक सुरक्षामाथि आयोगको चिन्ता : हिंसात्मक घटनाको निष्पक्ष छानबिन माग | प्रधानमन्त्री कार्कीको निर्देशन : ‘नेपालको नयाँ यथार्थ विश्वसामु पुर्‍याउनुस्’ | टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध पहिलो खेलमा नेपालको ब्याटिङ | कांग्रेसमा नियमित महाधिवशेनको जोडबल | बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित |

वडादसैँ अर्थात् नवरात्रको आठौँ दिन आज दशैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले सप्तमीको पूजा आठौँ दिनमा परेको हो। धार्मिक विश्वासअनुसार कालले प्राणीलाई नष्ट गर्छ भने कालरात्रि देवीले त्यस काललाई पनि नष्ट गरिदिन्छिन्। पुराणहरूमा देवी कालरात्रिलाई कृष्णवर्णी, भयङ्कर आकृतिवाली, र प्राणीलाई नाश गर्ने शक्तिकी प्रतीकका रूपमा वर्णन गरिएको छ।

नवरात्रको पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवीको पूजा गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीहरूको पूजा सम्पन्न भइसकेको छ। आज सातौँ स्वरुप कालरात्रिको पूजा सम्पन्न भएपछि बाँकी दिन महागौरी र सिद्धिदात्री देवीको आराधना गरिनेछ।

नवरात्रमा घटस्थापनास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका स्तोत्रको पाठ गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यस अवधिमा विधिपूर्वक पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ।

यस्तै आजै अपराह्न फूलपाती भित्र्याउने वैदिक विधि छ। समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार फूलपाती भित्र्याउन साइत हेर्नुपर्ने छैन। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजा प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। यसरी कुल १५ दिनसम्म नेपालीहरूले बडादसैँ पर्व मनाउने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय