२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

नेपालले लगातार दोस्रो जित दर्ता गर्दै वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज आफ्नो पक्षमा पारेको छ। सोमबार राति दुबईको शारजाह क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले तीन खेलको सिरिज जितेको हो।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वेस्ट इन्डिज १७ ओभर एक बलमै ८३ रनमा अलआउट भयो। नेपालको बलिङतर्फ आदिल आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका उनले पहिलो खेलमै आफ्नो प्रभाव देखाए। त्यस्तै, कुशल भुर्तेलले ३ विकेट, करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए। वेस्ट इन्डिजतर्फ जेसोन होल्डरले सर्वाधिक २१ रन बनाए भने अरू तीन ब्याटर मात्र दोहोरो अंकमा पुगे।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए भने सन्दीप जोराले ३९ बलमा ६३ रन जोडे। अन्य ब्याटरबाट भने ठूलो योगदान आएको थिएन।

बलिङमा वेस्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २–२ तथा जेडियाह ब्लेड्सले एक विकेट लिए।

यसअघि शनिबार भएको पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो। यससँगै नेपालले सिरिज जित सुनिश्चित गरेको छ। सिरिजको तेस्रो र अन्तिम खेल मंगलबार हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय