२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

आज आश्विन शुक्ल अष्टमीका दिन नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको देशभर पूजाआराधना भइरहेको छ।

वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष अष्टमीका दिन महागौरी देवीलाई विशेष विधिपूर्वक पूजा गरिन्छ। तर, यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको नवौँ दिन अष्टमीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

किंवदन्तीअनुसार भगवान् शिवले देवीलाई मजाकमा ‘ए काली’ भनेपछि महागौरीले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकी थिइन्। त्यसपछि उनलाई महागौरी भनेर पुकार्न थालिएको हो। पुराणका अनुसार उनी सेतो वस्त्र धारण गरेकी, वृषभमाथि सवार र शान्त स्वरूपमा रहने देवीका रूपमा वर्णन गरिएको छ।

नवरात्रको पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवीको आह्वान गरी पूजा सुरु भएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रि देवीको पूजा सम्पन्न भइसकेको छ। आज आठौँ दिन महागौरी देवीको पूजा भइरहेको छ भने नवौँ दिन सिद्धिदात्री देवीको आराधना गरिनेछ।

यस अवसरमा देशभरका शक्तिपीठ र देवी मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौं उपत्यकाभित्र मात्र नभई विभिन्न प्रदेशका शक्तिपीठमा पनि भक्तजनको घुइँचो बढेको छ। अष्टमी र नवमीका दिन विशेषत: दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत ग्रन्थको पाठ गरेर देवीको आराधना गर्ने धार्मिक चलन छ।

धार्मिक विश्वासअनुसार महागौरी देवीको पूजा आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मानिन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजाआराधनाबाट प्राप्त प्रसाद ग्रहण गर्ने परम्परा छ। यही आधारमा नेपालीहरूले बडादसैँलाई १५ दिनसम्म विशेष रौनकका साथ मनाउने गर्छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय