२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

अमेरिकाले ‘एच–१ बी’ भिसामा कडाइ गरेपछि विदेशी प्राविधिक प्रतिभा आकर्षित गर्न चीनले यसै साता सुरू गरेको नयाँ भिसा कार्यक्रमको चीनभित्रै विरोध हुन थालेको छ।हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले सरकारलाई १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियम लगाएका छन्।

अमेरिकाले विज्ञान, प्रविधि लगायत क्षेत्रका दक्ष विदेशी जनशक्ति भित्र्याउन एच–१बी भिसा प्रयोग गर्छ। ट्रम्पले सो भिसामा कडाइ गरेपछि संसारभरिका दक्ष जनशक्तिलाई अमेरिका जान मुस्किल हुनेछ। ती जनशक्ति आकर्षित गर्न चीनले नयाँ ‘के’ भिसा ल्याएको हो। विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका (स्टेम) युवा स्नातकहरू लक्षित यो भिसाले ती विषयमा भर्खरै पढाइ सकेका चिनियाँलाई काम पाउन समेत गाह्रो हुने चिन्ता बढेको छ।

संसारमा सबभन्दा धेरै इन्जिनियर उत्पादन गर्ने चीनमा दक्ष इन्जिनियरहरूको कमी छैन। केही अनलाइन टिप्पणीकर्ताहरूले करोडौं स्टेमका स्नातक उत्पादन गर्ने देशलाई विदेशी प्रतिभाको योजना किन चाहियो भनी प्रश्न उठाएका भनेर टाइम्सले लेखेको छ। यदि चीनसँग स्रोत छ भने किन आफ्नै प्रतिभाको कदर नगर्ने भनेर सोधेका छन्।

पछिल्लो समय चीनले विदेशी लगानी र यात्रु आकर्षित गर्न विभिन्न उपाय अपनाएको छ। विदेशी लगानीकर्ताका लागि थप क्षेत्रहरू खुला गरेको छ भने अधिकांश युरोपेली देश, जापान र दक्षिण कोरिया लगायत देशका नागरिकलाई भिसा छुटको सुविधा दिएको छ।

सुदिप पौडेल
Website |  + posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय