२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

 जेनजी आन्दोलनमा घाइते भएका ३० जना हालसम्म विभिन्न अस्पतालहरूमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अधिकांश घाइतेहरूको अवस्था सामान्य भए पनि केही अझै निगरानीमा राखिएका छन्।

मन्त्रालयका अनुसार सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेजमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन्।

त्यसैगरी, बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल कलेजमा एक जना, नोबेल मेडिकल कलेजमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना घाइते अस्पतालमा रहेका छन्।

मन्त्रालयले दिएको तथ्यांकअनुसार आन्दोलनका क्रममा घाइते भएर उपचारका लागि आएका व्यक्तिहरूको सङ्ख्या दुई हजार ३१६ पुगेको थियो। तीमध्ये दुई हजार २३८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यसबीच, सञ्चारमन्त्री जगदीश खरेलले केही घाइतेहरूलाई अस्पताल पुगेर भेट गरेका छन्। उनले सरकार घाइतेहरूको उपचारमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय