२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

आगामी आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा ईएपी छनोटको तयारीलाई अन्तिम रूप दिँदै नेपालले आफ्नो दोस्रो तथा अन्तिम वार्मअप खेलमा कतारमाथि १६ रनको जित निकालेको छ।

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै प्रतियोगिताअघि आत्मविश्वास बलियो बनाएको हो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलको अर्धशतकीय प्रदर्शन निर्णायक रह्यो। लामो समयदेखि लय खोजिरहेका उनले ३३ बलमा ५ चौका र ३ छक्कासहित ५६ रन जोडे। भुर्तेलको आक्रामक पारीले नेपाललाई चुनौतीपूर्ण स्कोरसम्म पुर्‍याउन मद्दत गर्‍यो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको बलियो योगफल बनायो। सुरुवातमा आसिफ शेख (११) र कप्तान रोहित पौडेल (८) छिट्टै आउट भए पनि मध्यक्रमले जिम्मेवारी सम्हाल्यो।

दीपेन्द्रसिंह ऐरीले २१ बलमा ३८ रन र कुशल मल्लले २९ बलमा अविजित ३८ रन बनाए। ऐरी र मल्लको साझेदारीले नेपालको रनगति निरन्तर उच्च रह्यो। बलिङमा कतारका शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले समान २–२ विकेट लिए।

१७१ रनको लक्ष्य पछ्याएको कतारले पनि राम्रो संघर्ष गर्‍यो। तर अन्ततः २० ओभरमा ६ विकेट गुमाएर १५४ रनमा सीमित रह्यो। उसका मोहम्मद तनबिरले ३७ बलमा ५१ रनको अर्धशतकीय योगदान दिए भने मिर्जा मोहम्मद बेगले २७ बलमा ४ छक्कासहित ४० रन बनाए।

नेपालका बलर करण केसीले ४ ओभरमा ३६ रन खर्चिँदै ३ विकेट लिए। दीपेन्द्र ऐरी, ललित राजवंशी र नन्दन यादवले समान १–१ विकेट हात पारे। नेपालले आज अनुभवी बलर सोमपाल कामीलाई विश्राम दिएको थियो।

प्रशिक्षक स्टुअर्ट ल भन्छन्  “वार्मअपको उद्देश्य पूरा भयो”

खेलपछि प्रशिक्षक स्टुअर्ट ल ले वार्मअप खेलको उद्देश्य नतिजाभन्दा पनि टोली संयोजन परीक्षण र सबै खेलाडीलाई अवसर दिनु रहेको बताए।
उनका अनुसार, “अभ्यास खेल भनेकै अभ्यासका लागि हो। पछिल्ला दुई दिनमा हामीले खेलाडीहरूको संयोजन र भूमिकाबारे स्पष्टता पाएका छौं, यो हाम्रो लागि सकारात्मक छ।”

भुर्तेलको फर्मबारे उनले विशेष खुसी व्यक्त गर्दै भने, “कुशलको फर्ममा फर्कनु हाम्रो लागि ठूलो राहत हो। उनी शीर्षक्रमका एक विष्फोटक ब्याट्सम्यान हुन् र वेस्ट इन्डिजविरुद्धको शृंखलाबाट आएको आत्मविश्वास यहाँ उनले कायम राखेका छन्।”

लले आगामी प्रतियोगितामा कुनै पनि टोलीलाई कमजोर नआँक्न चेतावनी दिए। “यो ग्रुप अफ डेथ हो, तर हामी अन्डरडग बन्न तयार छौं। टी-२० मा कुनै पनि नतिजा सम्भव हुन्छ। हाम्रो तयारी राम्रो छ, अब खेलाडीहरूले मैदानमा जिम्मेवारी देखाउनुपर्छ,” उनले भने।

“नेपाल बलियो टोली हो”  कतारका प्रशिक्षक टोबी बेली

कतारका मुख्य प्रशिक्षक टोबी बेली ले पनि नेपालविरुद्धको प्रदर्शनलाई सकारात्मक आँके।
उनले भने, “नेपाल हालसालै वेस्ट इन्डिजलाई हराउने टोली हो। हामीले पावरप्लेमा कमजोरी देखायौं, तर त्यसपछि राम्रो फर्कियौं। १६ रनले हार्नुले देखाउँछ कि हामी धेरै टाढा छैनौं।”

यो जितसँगै नेपालले आगामी छनोट प्रतियोगिताको तयारी पूरा गरेको छ। नेपालले बुधबारदेखि कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाल रहेको समूह ‘बी’मा कुवेत र जापान छन्, जसबाट शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।
सुपर सिक्सपछि शीर्ष तीनमा पर्ने टोलीले टी-२० विश्वकप २०२६ (भारत र श्रीलंका) मा स्थान बनाउनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय