२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

जेन-जीको एक समूहले  धम्की दिएको भन्ने समाचारपछि आज विहानैदेखि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन गरिएको छ। विशेष गरी प्रधानमन्त्री निवास, बालुवाटार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग वरिपरि सुरक्षा कडा गरिएको छ।

प्रहरीको विशेष कमाण्डो टोली स्थायी रूपमा तैनाथ गरिएको छ।  प्रहरी अधिकारीहरूका  अनुसार , “सुरक्षामा चुनौती आएमा भिड नियन्त्रण गर्न र आवश्यक परे बल प्रयोग गर्न टोलीलाई अधिकार दिइएको छ।”

यो कदम सोमबार राति भएको घटनापछि उठाइएको हो। उक्त रात, सुधन गुरुङ नेतृत्वको समूहले प्रहरी कार्यालय पुगेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गर्न जाहेरी दर्ता गर्न गएको थियो ।

तर, सुधन गुरुङले  उनले कुनै पनि सरकारी अधिकारीलाई धम्की  नदिएको  र  “मिडियाले रिपोर्ट गरेको कुरा वास्तविकता नभएको  स्पष्ट पारेका छन्

यस घटनापछि काठमाडौंका संवेदनशील स्थलमा सुरक्षा कडा गरिएकोले शहरमा सतर्कता बढेको छ। प्रहरी स्रोतका अनुसार, आगामी दिनमा सुरक्षा व्यवस्थालाई अझ सुदृढ पार्ने तयारी गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय