२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा (एमाले) आन्तरिक रुपमा कानुनी तयारीमा जुटेको छ। पार्टीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा जाने सम्भावनाबारे गम्भीर छलफल थालेको छ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पार्टीभित्र यस विषयमा विस्तृत छलफल भइरहेको छ। उनले भने, “हामी राम्ररी छलफल गरिरहेका छौँ। संसद् विघटन असंवैधानिक भएकाले यसको कानुनी परीक्षण आवश्यक छ। एमाले र कांग्रेस दुवै दल यो मुद्दामा साझा धारणा बनाउन नजिक छौँ।”

यसअघि असोज १२ गते भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा पनि संसद् विघटनविरुद्ध अदालतमा जाने सम्भावनाबारे छलफल भएको थियो। बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षण हुनुपर्ने बताएका थिए।

एमालेका नेताहरूको भनाइमा, संविधानले निर्दिष्ट गरेका प्रावधान विपरीत ढंगले प्रतिनिधिसभा विघटन गरिएको भन्दै यसको कानुनी व्याख्या सर्वोच्च अदालतबाटै गराउनुपर्ने अवस्था आएको छ।

विघटित संसदमा ८० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने आठवटा दलले पनि यस कदमको वैधानिकता र संवैधानिकताको प्रश्न उठाएका छन्। एमालेका नेताहरूका अनुसार, यस्तो संवैधानिक विवादलाई समाधान गर्ने एकमात्र बाटो न्यायालय भएकाले पार्टी अदालतको ढोका ढकढक्याउने तयारीमा छ।

पार्टी स्रोतका अनुसार, कांग्रेस र अन्य विपक्षी दलहरूसँग पनि कानुनी समन्वयका लागि छलफल जारी छ। एमाले नेतृत्वले यो मुद्दा ‘राजनीतिक आन्दोलन मात्र नभई संवैधानिक न्यायको सवाल’ भन्दै व्यापक रूपमा उठाउने तयारी गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय