२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ संस्थापक सुदन गुरुङविरुद्ध नयाँ जाहेरी परेको छ। बुधबार युवराज पौडेल ‘सफल’ले हुलाकमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंमा उक्त जाहेरी पेश गरेका हुन्। परिसर स्रोतका अनुसार जाहेरी अहिले प्रहरी परिसरमा पुगेको छ।

जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ को दफा ५०(१) अन्तर्गत ‘राजद्रोह सम्बन्धी कसुर’मा अनुसन्धानको माग गरिएको छ। यसअघि मंगलबार मात्र नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल नेतृत्वको समूहले पनि बालेन र सुदनविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

हाल दुवै जाहेरी दर्ता भइसकेका छैनन्। प्रहरीका अनुसार अनेरास्ववियुको टोलीलाई २४ घण्टाभित्र सरकारी वकिलसँग परामर्श गरेर निर्णय गरिने जानकारी दिइएको थियो।

युवराज सफलले आफूले पठाएको जाहेरी भोलिसम्म दर्ता हुने विश्वास व्यक्त गरेका छन्। प्रहरी स्रोतले दुवै जाहेरी जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय जाँचबुझ आयोगमा पठाउने तयारी गरेको पनि जनाएका छन्।

जाहेरीको प्रकृया पूरा भएपछि अनुसन्धानका लागि आवश्यक कारबाही अघि बढाइने प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। यससँगै बालेन र सुदनविरुद्धको कानुनी प्रक्रिया थप जटिल बन्दै गएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय