२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

टि–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ। बुधबार ओमानमा सम्पन्न उद्घाटन खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी अभियान थालनी गरेको हो।

पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको मध्यम योगफल तयार गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सानदार अर्धशतक प्रहार गर्दै टोलीलाई सशक्त सुरुवात दिलाए। उनले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए। अन्तिम ओभरमा आउट भए पनि उनको इनिङले नेपालको पारी सन्तुलनमा राख्यो।

अन्तिमतिर गुल्सन झालले केवल ६ बलमा लगातार तीन छक्का प्रहार गर्दै २० रन जोडे भने दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले क्रमशः २० र १६ रनको योगदान दिए।

१४२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कुवेत नेपाली बलिङ आक्रमण अगाडि पूर्ण रूपमा ढल्यो। १८.१ ओभरमा पूरै टिम ८३ रनमै समेटियो। कुवेतका लागि क्लिन्टो एन्टोले २६, यासिन पटेलले १९ र मित भवसरले ११ रन बनाए। अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने, ललित राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी र करण केसीले तिनलाई राम्रो साथ दिए।

यो जितसँगै समूह ‘बी’ मा रहेको नेपालले प्रतियोगिताको सुरुवात नै विजयी लयमा गरेको छ। नेपालले आफ्नो दोस्रो खेल भोलि जापानविरुद्ध खेल्नेछ, जसमा जित हात पार्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय