२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा |

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय समितिको एजेन्डा तय गर्ने तयारी गरेको छ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बिहीबार र शुक्रबार भएका बैठकमा महाधिवेशन, आगामी निर्वाचन, र जेनजी आन्दोलनका कारणबारे विस्तृत छलफल भएको थियो। बिहीबार पदाधिकारी र पूर्वपदाधिकारी मात्र सहभागी बैठकमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत समेटिएको थियो।

बैठकमा अधिकांश नेताहरूले सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मङ्सिरमा सकिन लागेकाले निर्धारित समयमा नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्। केही नेताहरूले विशेष महाधिवेशनको विकल्पबारे पनि धारणा राखेका छन्।

त्यस्तै, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेकाले त्यसबारे पार्टीको आधिकारिक धारणा तय गर्नुपर्ने माग पनि गरिएको छ।

आजको बैठकले यी सबै विषयहरूलाई समेटेर केन्द्रीय समितिको एजेन्डा अन्तिम रूप दिने अपेक्षा गरिएको छ। सानेपामा अहिले नेतृत्व परिवर्तन, संगठन सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको भूमिकाबारे पार्टीभित्र गहिरो बहस चलिरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय