२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

तिहार आउन अझै केही दिन बाँकी छ, तर काठमाडौँका बजार अहिले नै पर्वको रंगमा रंगिएका छन्। न्युरोडदेखि असन, इन्द्रचोक, भोटाहिटीदेखि बानेश्वर र लगनखेलसम्मको बजारमा उपभोक्ताको भीड बढ्दै गएको छ। बिहानदेखि साँझसम्म बजारमा किनमेल गर्नेको घुइँचो देखिन्छ।

व्यापारीहरूका अनुसार उपभोक्ताहरूले यस वर्ष तिहारका तयारी समयमै सुरु गरेका छन्। माटोका पाला (दियो), झिलिमिली बत्ती, फूलमाला, भाइमसला, लक्ष्मीपूजाका सामग्रीदेखि लिएर नयाँ कपडासम्मको बिक्री रौनकमा छ। असनका व्यापारी भाइकाजी मर्हजन भन्छन्, “तिहार आउँदै गर्दा बजार फस्टाएको छ, दैनिक किनमेलको चाप बढ्दै गएको छ।”

तिहारलाई लक्षित गर्दै ठूला पसल र सपिङ सेन्टरहरूले पनि ग्राहकलाई आकर्षित गर्न छुट र विशेष अफर घोषणा गरेका छन्। साँझको समयमा सडकछेउका फुटपाथमा पनि दियो, बत्ती, फूलमाला र सजावटका सामानहरू आकर्षक रूपमा राखिएको देखिन्छ।

सुन्धारास्थित फुटपाथमा कपडा बेच्ने शान्ति भुजेल भन्छिन्, “बजार तिहारको रंगमा रमाउँदैछ। नयाँ कपडा, बत्ती र घर सजावटका सामान किन्नेहरू धेरै आएका छन्, यस वर्ष व्यापार निकै राम्रो छ।”

इन्द्रचोकका व्यापारी अमिरमान श्रेष्ठका अनुसार भाइटीकाको दिन प्रयोग हुने भाइमसला, टीका सेट, मिठाई र गिफ्ट आइटमको बिक्री तीव्र गतिमा बढेको छ। “विशेषगरी महिला र बालबालिकाका लागि आकर्षक लुगा र शृङ्गार सामग्रीको माग धेरै छ,” उनले भने।

चिसो सुरु हुन थालेसँगै बजारमा जाडोका कपडाको बिक्री पनि जोडले बढेको व्यापारीहरूको भनाइ छ। तिहारको तयारीसँगै उपत्यकाका सडकहरू झिलिमिली बत्ती र फूलमालाले सजिँदै जाँदा राजधानीमा पर्वको उत्साह फैलिँदै गएको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय