२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

संचारमन्त्री जगदीश खरेलले लगाएको रोलेक्स  ब्रान्डको घडी सामाजिक सञ्जालमा अहिले व्यापक रूपमा चर्चा भइरहेको छ। उक्त घडीको मूल्य नेपालमा करिब ६५ देखि ७५ लाख रुपैयाँसम्म पर्ने अनुमान छ। तर बजारमा यस मोडेलका धेरै नक्कली संस्करणहरू पनि पाइने भएकाले वास्तविक मूल्यबारे विभिन्न अड्कलबाजी भइरहेका छन् भने संचारमन्त्री जगदीश खरेलले यस बारे प्र्तिकिर्या  दिएका छैनन् , सो घडी रोलेक्स ब्रान्डकै हो वा होईन भन्ने यकिन भएको  छैन ।

घडीको विषयमा भइरहेको चर्चा बीच सरकार गठन भएको एक महिना नाघिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण भने अझै सार्वजनिक हुन सकेको छैन। सुशासन र पारदर्शिताको प्रतिज्ञा गर्दै बनेको यो सरकारको ढिलासुस्तीले जनस्तरमा प्रश्न उठाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार, सार्वजनिक पद धारण गर्ने व्यक्तिले पदभार ग्रहण गरेको ६० दिनभित्र आफ्नो वा परिवारको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले अझै विवरण बुझाएको वा सार्वजनिक गरेको पुष्टि हुन सकेको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय