२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

धौलागिरि सर्किट अन्तर्गतको प्रसिद्ध पदमार्ग हुँदै धम्पुस लेक तर्फ गइरहेका एक जर्मन पर्यटक र उनको गाइड शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका छन्।

म्याग्दीको धौलागिरि पदमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–१, धम्पुस लेकमा प्रवेश गरेपछि ३२ वर्षीय जर्मन नागरिक दामिनो डेल्फाप्लो र गाइड मिमा शुक्रबार राति साढे ९ बजेपछि सम्पर्क टुटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाले जानकारी दिइन्।

उनका अनुसार गाइडको मोबाइल फोन पनि अफ रहेको र दुवैजनासँग कुनै सम्पर्क स्थापित हुन नसकेपछि तत्काल खोजी कार्य सुरु गरिएको छ। “सम्पर्कविहीन भएको पुष्टि भएपछि हेलिकोप्टरमार्फत खोजी सुरु गरिएको छ,” डीएसपी लामाले भनिन्, “तर अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन।”

सम्पर्कविहीन यात्रुहरू म्याग्दीको सीमाबाट मुस्ताङ प्रवेश गरेको पुष्टि भएपछि सेभेन समिट ट्रेक्सको सहयोगमा हेली एभरेस्ट कम्पनीले शुक्रबार रातिदेखि हवाई खोजी सञ्चालन गरेको हो।

तर खराब मौसम र हिमपातका कारण हवाई खोजीमा कठिनाइ भइरहेको बताइएको छ। प्रहरीले अब स्थलगत रूपमा खोजी टोली पठाउने तयारी गरेको छ।

धौलागिरि फन्कोमार्ग नेपालको साहसिक र कठिन पदमार्गमध्ये एक मानिन्छ। यो मार्ग म्याग्दी र मुस्ताङ हुँदै जाने भएकाले हिमपात र हिउँको जोखिम पनि रहन्छ। यही जोखिमपूर्ण र आकर्षक क्षेत्रको बीचमा पर्ने धम्पुस लेकमा वर्षेनी विदेशी पर्यटकहरू आउने गर्छन्।

स्थानीय बासिन्दाहरूका अनुसार हाल त्यस क्षेत्रमा हिउँ र चिसो हावा बढिरहेको छ। त्यसैले खोजी कार्यमा थप सतर्कता अपनाइँदैछ। प्रहरीले स्थानीय गाइड, ट्रेकिङ कम्पनी र मुस्ताङ प्रशासनसँग समन्वय गर्दै दुवै सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे यथाशीघ्र जानकारी ल्याउने प्रयास भइरहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय