२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

तिहारका बेला देशभरको मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको हल्का प्रभावका कारण केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली देखिए पनि देशभर ठूलो मौसमीय परिवर्तनको सम्भावना नरहेको महाशाखाले स्पष्ट पारेको छ ।

महाशाखाका अनुसार तिहार अवधिभर मुख्यतया मौसम सफा रहनेछ भने पहाडी र हिमाली क्षेत्रमा कतै–कतै फाटफुट वर्षा र हिमपातको सम्भावना रहनेछ । कात्तिक ३ देखि ६ गतेसम्म जारी गरिएको मौसम विवरणअनुसार लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा आकाश खुला रहनेछ ।

कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी ठाउँमा भने आंशिक बदलीसहित हल्का वर्षा हुन सक्ने सम्भावना जनाइएको छ ।

कात्तिक ४ गते पनि यस्तै अवस्था रहनेछ — देशका अधिकांश भूभागमा सफा मौसम रहने अनुमान गरिएको छ भने गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा हल्का फाटफुट वर्षा हुन सक्छ ।

कात्तिक ५ गते देशको उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात र वर्षा हुने सम्भावना छ । अन्य भूभागमा भने मौसम सफा रहनेछ, जसले तिहारका तयारी र यात्रा सहज बनाउने महाशाखाको भनाइ छ ।

भाइटीकाको दिन अर्थात् कात्तिक ६ गते पनि देशका अधिकांश भागमा मौसम सामान्य रहनेछ । कोशी र मधेस प्रदेशसहित पहाडी क्षेत्रमा हल्का बदली हुने र उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार तिहार अवधिभर कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिने भएकाले पर्वको समयमा मानिसहरूले निःशङ्क रूपमा आवागमन र उत्सव मनाउन सक्नेछन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय