२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा नयाँ राजनीतिक दल “श्रम संस्कृति पार्टी” दर्ताका लागि सनाखत गरेका छन्।

आयोगमा दल दर्ता प्रक्रियाका लागि सनाखत पेश गरेपछि साङपाङले पत्रकारसँग कुरा गर्दै भने, “हामीले चुनाव चिन्ह ‘माटो’ रोजेका छौं। माटो भनेको देश हो र म श्रम गरेर मान्छेलाई माटोसँग जोड्ने उद्देश्य राख्छु। केवल नागरिकता लिनु देशसँग जोडिएको प्रमाण होइन, देशप्रति माया हुनु जरुरी छ।”

उनले देश निर्माणको सवालमा सबैसँग संवाद गर्न तयार रहेको बताए। साङपाङले थपे, “वार्ता नगर्ने होइन, सबैसँग वार्ता हुन्छ। देश बनाउने विषयमा कन्जुसाई गर्न हुँदैन। राष्ट्रवादी शक्तिहरूलाई पनि देशप्रतिको माया र उत्तरदायित्व बुझ्नुपर्छ।”

यसैगरी निर्वाचन आयोग पुगेका युवराज सफलले सरकारले भने अनुसार चुनाव नहुने भन्दै नेपालको संविधान अनुसार संसदमार्फत आवश्यक प्रस्ताव ल्याउने तयारी रहेको जानकारी दिए। उनले भने, “जेनजी आन्दोलनका मागहरूमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचार विरुद्ध कारबाही गर्ने मुख्य थिए। अव्यवस्थित गतिविधि गर्ने लिडरहरूसँग सहमति गर्न सकिँदैन।”

साङपाङ र सफल दुवै दल र राजनीतिक गतिविधि माध्यमबाट जनताको आवाज समेट्ने प्रयासमा रहेको र आगामी चुनाव तयारीका लागि सक्रिय देखिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय