२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहार पर्वले नेपाली समाजभित्रको विविधता, सहअस्तित्व र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

सोमबार तिहार (शुभ दीपावली) २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले तिहारले देशभित्र आपसी सद्भाव र मेलमिलापको वातावरण बलियो बनाउने बताएका हुन्।

“तिहारको उज्यालोले हाम्रा मनका रिस, राग, वैमनस्यता र द्वेष मेटाउँदै मेलमिलाप र खुशीयाली ल्याओस्,” उपराष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन्। उनले विविधतामा एकताको सुन्दर उदाहरणका रूपमा तिहारले सबै समुदायबीच विश्वास र सहअस्तित्वको भावना फैलाउने उल्लेख गरेका छन्।

उपराष्ट्रपति यादवले शुभ दीपावलीले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा एकजुट हुन प्रेरणा दिने विश्वास पनि व्यक्त गरे।

उनका अनुसार पाँच दिनसम्म मनाइने यो पर्व केवल दियो र सजावटको उत्सव मात्र नभई सामाजिक सम्बन्धलाई मजबुत बनाउने माध्यम पनि हो। “तिहारले हामी सबैलाई सामूहिकता र सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गर्छ,” उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय