२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न सांस्कृतिक कार्यक्रम र स्मारक गतिविधि मार्फत मनाइँदैछ।

महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक कृष्ण औँसीमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। दस वर्षको उमेरमै कविता लेख्न सुरु गरेका देवकोटाले जीवनभर नेपाली साहित्यमा अमूल्य योगदान पुर्‍याउनुभयो। उहाँका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत र समालोचना प्रकाशित छन्। विशेषतः ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्ने पुस्तकमा पर्दछ।

देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारी भाव झल्किन्छ। उहाँले पूर्वीय र पाश्चात्य दर्शनको संयोजन गर्दै नेपाली साहित्यलाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालासँग तुलना गर्नुभएको थियो।

विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद, अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल प्रतिनिधित्व तथा नेपाली साहित्यको प्रचारप्रसारमा उहाँले विशिष्ट योगदान दिनुभयो। शिक्षामन्त्री रहँदा नेपाली भाषालाई अनिवार्य विषयको रूपमा लागू गराउनुभएका देवकोटाले वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा समेत सक्रिय भूमिका निभाउनुभयो।

देवकोटाको साहित्यिक प्रतिभा, अद्वितीय सिर्जनशीलता र राष्ट्रप्रेम आज पनि नेपाली साहित्यिक जगतमा उदाहरणीय मानिन्छ। उनका महाकाव्य ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’ तथा खण्डकाव्य ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’, ‘प्रमिथस’ नेपाली साहित्यमा उज्वल स्थान राख्छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय