२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

तिहारको पाँचौँ दिन आज देशभर गाई पूजाको उल्लास छ । कार्तिक शुक्ल प्रतिपदाका दिनलाई यमपञ्चकको महत्वपूर्ण दिन मान्दै हिन्दू धर्मावलम्बीहरूले गाईलाई पवित्र माता मानी पूजा गरी मीठा परिकार अर्पण गर्दै मनाइरहेका छन् ।

वैदिक परम्पराअनुसार गाईलाई धन, पवित्रता र मातृत्वको प्रतीक मानिन्छ । गाईको दूध आमाको दूधजत्तिकै पौष्टिक हुने धार्मिक विश्वास रहँदै आएको छ । त्यसैले आजका दिन गाईको पूजा गरी शुद्धता र समृद्धिको कामना गरिन्छ ।

धर्मशास्त्रविद्हरूका अनुसार कार्तिक कृष्ण औँसीपछि अर्थात् प्रतिपदाका दिन गाई पूजा गर्नुपर्ने शास्त्रीय विधि हो । केही ठाउँमा भने औँसीकै दिन पूजा गर्ने परम्परा पनि प्रचलित छ ।

गाईलाई गौमाता मानी सम्मान गर्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको हो । गाईका दूध, गहुँत र गोबरलाई शुद्धता र ऊर्जाको स्रोतका रूपमा पनि मानिन्छ ।

धार्मिक विश्वासअनुसार, साउन पूर्णिमामा बाँधिएको राखी आज गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् गाईले वैतरणी नदी पार गरिदिने बताइन्छ । गाई पूजाको यो संस्कारलाई श्रद्धा र आस्थाका साथ मनाउनेहरू बिहानैदेखि पूजा सामग्री लिएर व्यस्त देखिएका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय