२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

आजदेखि नेपाल सम्वत् ११४६ सुरु भएको छ । देशभर नेवार समुदायले यस सम्वत्लाई नयाँ वर्षका रूपमा उल्लासपूर्वक मनाइरहेका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेलदेखि दोलखा भीमेश्वरसम्म नेवार समुदायले आज विभिन्न सांस्कृतिक कार्यक्रम, शोभायात्रा र बही खाताको नयाँ सुरुवात गर्दै उत्सव मनािरहेका छन् ।

नेपाल सम्वत्को सुरुवात राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरेर गरेका थिए । यही कार्यले उहाँलाई समाजसेवी र राष्ट्रिय नायकको रूपमा स्थापित गरायो । नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को रूपमा प्रयोगमा थियो ।

इतिहासविद्हरूका अनुसार लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको यो सम्वत्, पृथ्वीनारायण शाहपछि विस्तारै विसं प्रचलनमा गए पनि यसको मौलिकता र ऐतिहासिक महत्व अझै जीवित छ । डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल देशको नाममा आधारित यो सम्वत् नेपालको सांस्कृतिक पहिचानको प्रतीक हो ।

विसं २००७ पछि प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्वत्लाई पुनः राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु गरिएको थियो । विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरे भने विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्को राष्ट्रिय मान्यता दिने घोषणा गरे ।

काठमाडौँका व्यापारीहरू आजको दिन पुराना बही खाता बन्द गरी नयाँ बही खाताको सुरुवात गर्छन् । सांस्कृतिक परम्परा, ऐतिहासिक गौरव र सामुदायिक एकताको प्रतीकका रूपमा नेपाल सम्वत् आज पनि नयाँ पुस्ताका बीच गर्वका साथ मनाइँदैछ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय