२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

आगामी नोभेम्बरमा ब्राजिलको बेलेममा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको ३०औँ सम्मेलन (कोप–३०) का लागि नेपालले तयारी तीव्र पारेको छ । सम्मेलन कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

वन तथा वातावरण मन्त्रालयले सम्मेलनका लागि नौ वटा एजेन्डा तय गरेको छ, जसमा जलवायुजन्य हानिनोक्सानी, कार्बन वित्त, अनुकूलन, न्यूनीकरण, जलवायु न्याय, पर्वतीय प्रभाव, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि लगायतका विषय समावेश छन् । मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालका अनुसार राष्ट्रिय स्थितिपत्रको मस्यौदा तयार भइसकेको र अन्तिम छलफलको चरणमा पुगेको छ ।

नेपालले यसपटक सगरमाथा संवादका निष्कर्ष  “सगरमाथा आह्वान” — लाई समेत सम्मेलनमा उठाउने तयारी गरेको छ । यसमार्फत हिमाली क्षेत्रको तापक्रम वृद्धिलगायत जलवायुजन्य जोखिमको सन्देश अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याइनेछ । वैज्ञानिक अध्ययनअनुसार नेपालजस्ता हिमाली देशहरूमा विश्वको औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियस बढी तापक्रम वृद्धि देखिएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका विश्लेषक दीपक केसीका अनुसार नेपालजस्ता मुलुकले जलवायुजन्य हानिनोक्सानीका क्षतिपूर्तिको विषयमा वैश्विक दबाब बढाउनुपर्ने आवश्यकता छ । “हानिनोक्सानी कोषमा प्रतिबद्ध रकम पर्याप्त छैन,” केसीले भने, “नेपालले नीति, प्रविधि र तयारी सुदृढ गर्नुपर्छ ।”

यसपटक नेपालले मन्त्रीस्तरीय सहभागिता जनाउने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ । सम्भावित रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारको नेतृत्वमा टोली सम्मेलनमा सहभागी हुने बताइएको छ ।

नेपालले यसअघि पाँच पटकसम्म उच्चस्तरीय राजनीतिक नेतृत्वको प्रतिनिधित्वमा कोप सम्मेलनहरूमा सहभागिता जनाएको छ — १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपालदेखि २९औँ सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलसम्म ।

यस वर्षको कोप–३० सम्मेलनमा विश्वभरका देशहरूले जीवाश्म इन्धन घटाउने, वन र समुद्र संरक्षण, कृषि प्रणाली रूपान्तरण र जलवायु न्यायका एजेन्डामा केन्द्रित छलफल गर्नेछन् । नेपालले पनि आफ्ना विशिष्ट पर्वतीय चुनौती र जलवायुजन्य हानिनोक्सानीका उदाहरण प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि बलियो आवाज उठाउने तयारी गरेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय