२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

सरकार र आन्दोलनरत पक्षबीच संवादको सम्भावना खुल्न थालेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गृहमन्त्रालयको वार्ता पहललाई स्वागत गर्दै आफूहरू वार्ताका लागि तयार रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रसाईंले भने, “यदि सरकारले आधिकारिक रूपमा वार्ताको निम्तो दिएको हो भने, हामी त्यसलाई सकारात्मक रूपमा लिन्छौं। ओली सरकारले देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।”

उनका अनुसार सरकार जनताको आवाज सुन्ने दिशामा अघि बढ्नु देशको हितमा रहेको संकेत हो। उनले भनेका छन्, अब वार्ता औपचारिकताको सीमामा सीमित नभई राष्ट्र र नागरिकको हितमा ठोस र परिणाममुखी हुनुपर्छ।

गृह मन्त्रालयले देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शन र धर्नाप्रति ध्यानाकर्षण गराउँदै सबै पक्षलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जायज माग र सरोकारका विषयमा सरकार गम्भीर र उत्तरदायी रहेको स्पष्ट पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय