२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

काठमाडौं महानगरपालिकाले आइतबार थापाथली क्षेत्रका नक्साविनाका संरचनामाथि डोजर चलाउँदै अतिक्रमण हटाएको छ।

महानगरको वडा नम्बर ११ अन्तर्गत थापाथली चोकबाट त्रिपुरेश्वरतर्फ जाने मोडमा वर्षौंदेखि बनेका अवैध संरचनाहरूमा कारबाही गरिएको हो। गुठी संस्थानसँग समन्वय गरी गरिएको सो कारबाहीमा महानगरका नगरप्रहरी टोली सहभागी थिए।

नगरप्रहरी प्रमुख राजु पाण्डेले भने, “गुठीसँग समन्वय गरेर कार्यान्वयन गरेका हौं। ती संरचना नक्साविना बनेका अवैध हुन्।” उनका अनुसार महानगरले नियमित रूपमा सहरभित्रका अतिक्रमित क्षेत्र र नक्साविनाका संरचनामाथि कारबाही गर्दै आएको छ।

थापाथली क्षेत्रमा गरिएको यो कारबाहीलाई महानगरले अवैध निर्माणविरुद्धको निरन्तर अभियानको हिस्सा बताएको छ। यसअघि पनि महानगरले कुपण्डोल, गौशाला, कलंकी लगायतका क्षेत्रमा यस्तै डोजर अभियान सञ्चालन गरेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय