२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सरकारले चार नयाँ मन्त्री थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले चारै जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् भने आजै उनीहरूको शपथ ग्रहण हुने तयारी रहेको छ। शपथ ग्रहणको निश्चित समय केहीबेरमा सार्वजनिक गरिने बताइएको छ।

नयाँ मन्त्रीमा डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्रालय र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनेछन्।

डा. शर्मा स्त्री–प्रसूति रोग विशेषज्ञ हुन् र पूर्व स्वास्थ्य सचिव तथा नेपाल मेडिकल एसोसिएसनकी पूर्व अध्यक्षको अनुभव राख्छिन्। गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षणमा सक्रिय अभियन्ता हुन् भने खगेन्द्र सुनार दलित अधिकारकर्मीका रूपमा परिचित छन्। बब्लु गुप्ता सामाजिक कार्यक्रम र कोभिडकालीन अभियानमार्फत जनप्रिय बनेका छन्।

सरकारले नयाँ मन्त्रीहरूको नियुक्ति मार्फत विभिन्न क्षेत्रका विशेषज्ञता र सामाजिक सरोकारलाई प्रतिनिधित्व दिने प्रयास गरेको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय