२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

दसैँ–तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमका कारण पोखराको पर्यटन क्षेत्रमा अहिले उत्साहजनक चहलपहल देखिएको छ। होटल, रेस्टुरेन्ट, साहसिक खेल र पदयात्रामा आन्तरिक तथा विदेशी पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ।

अन्नपूर्ण हिमशृङ्खला, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प र जिप फ्लायरजस्ता गतिविधिहरूले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि प्रमुख गन्तव्य बनाएको छ। लामो समय आन्दोलन र प्रतिकूल मौसमले सुस्ताएको पर्यटन अहिले फेरि सक्रिय बनेको छ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, लेकसाइडका होटलमा करिब ९० प्रतिशत अकुपेन्सी देखिएको छ। अन्नपूर्ण पदयात्रा, मुस्ताङ र आसपासका पर्यटकीय गन्तव्यतर्फ पनि आन्तरिक तथा केही विदेशी पर्यटक सक्रिय रूपमा भ्रमण गर्दैछन्।

पोखरामा करिब १,२०० पर्यटकीयस्तरका होटल सञ्चालनमा छन्, जसमा ७०० होटल लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन्। एउटा रातमा करिब ४० हजार पाहुना समायोजन गर्ने क्षमता पोखराका होटलमा रहेको छ। अहिले एउटा फाइभ–स्टार, ६ फोर–स्टार र करिब ३० थ्री, टु र वन–स्टार लक्जरी होटल सञ्चालनमा छन्।

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विदेशी पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ। फेवातालको किनारमा रहेका रेस्टुरेन्ट, क्याफे र पसलले साँझमा जीवन्त वातावरण सिर्जना गर्दै आएका छन्। तालमा डुङ्गा सयर, साइक्लिङ र पैदलयात्रा गर्दा पर्यटकले शान्ति र आनन्दको अनुभव गरिरहेका छन्।

पोखराको पर्यटन क्षेत्रले हाल करिब ८ खर्ब रुपैयाँको लगानी आकर्षित गरेको छ, जसमा करिब ६ खर्ब होटल व्यवसायमै केन्द्रित छ भने प्रत्यक्ष रूपमा करिब १५ हजार व्यक्ति रोजगारीमा आश्रित छन्। पोखरामा पर्यटनको सक्रियता गण्डकी प्रदेशकै आर्थिक र सामाजिक गतिविधिमा पनि सकारात्मक प्रभाव पारिरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय