२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उपल्लो मुस्ताङमा गएरातिदेखि निरन्तर हिउँ वर्षा सुरु भएको छ। कार्तिक १० गते रातिदेखि परेको वर्षासँगै मुक्तिनाथ, घमी, छुसाङ, चराङ लगायत उच्च हिमाली क्षेत्र सेताम्य भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिमपातका कारण केही ठाउँमा बाटो चिप्लो बनेको र यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रहरीका अनुसार हालसम्म ठूलो क्षतिको खबर प्राप्त नभए पनि हावाहुरी र हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ।

स्थानीय बासिन्दाका अनुसार रातिदेखिको वर्षा बिहानसम्म हिउँमा परिणत भएपछि खेतबारी र घरका छानामा बाक्लो हिउँ थिचिएको छ। पर्यटक क्षेत्र मुक्तिनाथमा हिउँले दृश्य सुन्दर बनेको भए पनि यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ।

प्रहरीले यात्रा आवश्यक परेमा मात्र गर्ने र मौसम सामान्य नहुन्जेलसम्म उच्च क्षेत्रमा नजाने सुझाव दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय